पठन संस्कृतिको बिकास गर्न जिल्लामा जनज्योति क्लवको लक्ष्मी पुस्तकालय

मङ्सिर ४

प्युठान नगरपालिका ७ ,प्युठान
२०४२ सालमै पुस्तकालयको अवधारणा ल्याई लक्ष्मी पुस्तकालय सुरुवात गरेको जन ज्योति सामुदायिक बिकास केन्द्रले यस वर्ष देखि पुन; इन्टरनेट सुविधा सम्पन्न पुस्तकालय सुचारु गरेको छ । शिक्षा, बिज्ञान , सामाजिक , कला साहित्य , उपन्यास, अंग्रेजी साहित्य, वातावरण , मनोविज्ञानका कितावहरु का साथै नेपाली अंग्रेजी व्याकरण आदि गरि करिव ६०० भन्दा बढी पुस्तक उपलब्ध गराई हाल प्युठान नगरपालिका टिकुरीमा जन ज्योति सामुदायिक बिकास केन्द्रले लक्ष्मी पुस्तकालय दैनिक रुपमा संचालनमा ल्याईरहेको छ ।
पढाईमा रुचि राख्ने सबै उमेर समुहहरुको लागी पुस्तकालय उपयोगी रहेको यसका व्यवस्थापक कृष्ण बहादुर के सी बताउनु हुन्छ । पुस्तकालय को सदस्य बने अझ झनै सुबिधा पाईने र बिद्यार्थी/पाठकहरुको माग बमोजीम बजारमा हाल निस्केका तथा नेपाली अन्तरास्ट्रिय पुरुर्स्कार प्राप्त सबै खाले नेपाली, बिदेशी पुस्तकहरु समेत मगाईने क्लवले जानकारी गराएको छ ।

Discussion Program at Laxmi Pustakalaya , jana Jyoti Community Development Centre , Pyuthan

पुस्तकालयमा प्रोजेक्टर ,कम्पुटर सहित कार्यक्रम गर्नको निमित १०० जनाको क्षमता राख्ने कार्यक्रम हलको समेत व्यवस्था रहेको छ।पुस्तकालयमा स्कुले बालबालिका लक्षित बिभिन्न खाले सिर्जनात्मक कला तथा प्रतिस्पर्धाका कार्यक्रम पनि हुने गर्दै आईरहेका छन्।

IQ Competition organized by Laxmi Pustakalya at Jana Jyoti Club

पुस्तकालय बिदाको दिन बाहेक बिहान १० बजे देखि बेलुकी ४ बजे सम्म खुल्ला रहनेछ ।