प्युठान खलंगा ,चैत्र २ ,२०८१
प्यूठान उद्योग बाणिज्य संघको नयाँ नेतृत्व सर्वसहमत चयन भएको छ । २६ सदस्य रहेको नयाँ कार्यसमितिको अध्यक्षमा संदेश आचार्य , बरिष्ठ उपाध्यक्षमा कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्षमा रामचन्द्र पौडेल, उद्योग उपाध्यक्षमा गोविन्द कार्कि, महासचिवमा झबिन्द्र शर्मा, उपमहासचिवमा पशुपति श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठ सर्वसहमत चयन हुनु भएको छ ।
संघको ९ वटै नगर इलाकामा पनि नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन भएको थियो । हाल प्युठान उद्योग बाणिज्य संघमा हाल २१४८ जना उद्योगी व्यवसायीहरु आवद्द रहनु भएको छ।