रास्ट्रपति रनिङ्ग शिल्डको उपाधि प्युठान नगरपालिकालाई


माघ २८ बिजुवार ,प्युठान
प्युठान नगरपालिकाको गणतान्त्रिक खेल मैदानमा माघ २५ गते देखि माघ २८ सम्म जारी जिल्ला ब्यापी १३ औ रास्ट्रपति रनिङ्ग शिल्ड २०८० को उपाधि प्युठान नगरपालिकाले हात पारेको छ।

यस बर्ष संगै लगातार तेश्रो पटक सम्म प्रथम स्थान हासिल गरि प्यु न पा ले प्युठान जिल्लाको रास्ट्रपति रनिङ्ग शिल्ड बिजयी हासिल गरेको हो।
महिला पुरुष भलिवल ,करातें ,तेक्वान्दो ,एथलेटिक्स, कवर्डि आदि विधामा गणतान्त्रिक खेलकुद मैदान र जिल्ला खेलकुद बिकास समितिको कवड हलमा संचालन भएको खेलमा प्युठान नगरपालिकाले २८ स्वर्ण १० रजत र ३ कास्य प्राप्त गरि कुल ४१ पदक सहित प्रथम स्थान हासिल गरको हो। त्यस्तै ११ स्वर्ण ,१२ रजत र २ कास्य गरि कुल २५ पदक सहित स्वर्गद्वारी नगरपालिका दित्तीय र ६ स्वर्ण , २ रजत र ४ कास्य गरि कुल १२ पदक सहित गौमुखी गाउँपालिकाले तृतीय स्थानमा आफ्नो नाम सुरक्षित गरेको थियो ।

त्यस्तै उत्कृस्ट मार्चपासमा माण्डवी गाउँपालिका छानिएको छ।
खेलको थप आकर्षणको रुपमा रहेको महिला पुरुष भलिवल प्रतियोगिता महिला तर्फ स्वर्गद्वारी नगरपालिका प्रथम/ प्युठान नगरपालिका दित्तीय, पुरुष तर्फ गौमुखी प्रथम /स्वर्गद्वारी नगरपालिका दोश्रो रहेका थिए।

महिला भलिवल टिम बिजेता; स्वर्गद्वारी नगरपालिका
पुरुष तर्फको भलिवल खेल प्रतियोगितामा पतिस्पर्धा गर्दै गौमुखी गाउँपालिका (पहेलो जर्सी) र स्वर्गद्वारी नगरपालिका


प्युठान जिल्लाब्यापी रास्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन लुम्बिनी प्रदेश श्रम यातायात तथा उद्योग मन्त्रि सरोज थापा ( रोज राणा ) ले गर्नु भएको थियो। एकल उत्कृस्ट खेलाडि र सामुहिक खेलका उत्कृस्ट खेलाडिहरु छनौट गरि अव प्रदेश स्तरको खेलमा लैजाने जिल्ला खेलकुद समितिको अवको जिम्मेवारी रहेको कार्यालय प्रमुख गोबिन्द राज पण्डितले प्युठान सरोकारलाई जानकारी दिनु भएको छ।