बिजुवार,प्युठान
माघ २५ देखि २७ सम्म सम्पन्न हुन लागेको जिल्ला ब्यापी १३ औ रास्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन गर्न लुम्बिनी प्रदेश उद्योग ,श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) गृह जिल्ला प्युठान आउनु हुने भएको छ।
कार्यक्रमको समुद्घाटन माघ २५ गते दिनको १ बजे गणतान्त्रिक खेलकुद मैदान,प्युठान नगरपालिकामा हुदैछ। शिक्षा, युवा तथा खेलकुदका क्षेत्रमा सधै अग्रसर रहि आउनु भएका मन्त्री राणा संगै आमन्त्रित हरुमा प्युठान जिल्लाका संघीय तथा प्रदेश संसदहरु समेत हुनु हुन्छ । प्रतियोगितामा जिल्लाका ९ स्थानिय तहबाट छानिएर आएका बिभिन्न विधाका खेलहरुमा स्कुलका खेलाडिहरु बीच कडा प्रतिस्पर्धा हुदैछ।
रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा उपस्थित भै खेलको मजा लिनु हुन जिल्ला खेलकुद बिकास समिति प्यूठानले यस अघि जिल्लाका सबै स्थानिय निकाय खेलकुद प्रेमी जिल्लाबासी , संघ-संस्था स्कुल,क्याम्पसहरुलाई आमन्त्रण गरि सकेको छ।