यति बेला जिल्ला खेलकुद बिकास समिति प्युठानका कार्यालय प्रमुखलाई भ्याई नभ्याई छ। एकातिर माघ २५ देखि २७ सम्म सम्पन्न हुन लागेको जिल्ला ब्यापी १३ औ रास्ट्रपति रनिङ्ग शिल्डको तयारी अर्को तर्फ़ लामो समय नेतृत्व बिहिन रहेको जिल्ला खेलकुद बिकास समितिको जिम्मेवारी। पौष २२ गते मात्र जिल्ला खेलकुद बिकास समिति प्रमुखको कुर्ची सम्हाल्नु भएका शाखा अधिकृत गोबिन्द राज पण्डित आगमन संगै समितिको नाममा रहेका तर हाल गाउँलेले चौपाया बाध्ने गाई ,भैशी चराउने गरेको जग्गालाई व्यवस्थित गर्ने कार्य सुरुभै सकेको छ।

समितिको नाममा रहेको सबै क्षेत्रफल जमिनलाई आफ्नो संरक्षणमा ल्याई कम्पाउण्डिङ्ग समेत गर्ने गराउने र खेलकुद गतिबिधि संचालन गर्ने हाम्रो साझा लक्ष्य हो पण्डित बताउनु हुन्छ। १३ औ रास्ट्रपति रनिङ्ग शिल्डका कराते, तेक्वान्दो खेल समितिकै कवड हलमा खेलाउने तयारी छ संगै भलिवल गेम पनि यतै गराउने सोच थियो तर आफ्नो हालसालैको जिल्लाको हाजिरीको कारण तयारी गर्ने समय अल्लि नपुगेको उहाँको धारणा छ । सधै हसिलो मुद्रामा देखिनु हुने प्रमुख जेसिवी लगाउने कार्यमा आफै खटिनु भएको देखिएको थियो।
खेलकुद क्षेत्रमा करिव २७ बर्षको लामो अनुभव सम्हाली सक्नु भएका पण्डित ललितपुर जिल्ला खेलकुद समिति बाट पुष २२ गते देखि हाजिर हुने गरि प्युठान जिल्ला आउनु भएको हो।
पहिले कार्यालय प्रमुखको रुपमा प्युठान ( २०५३-२०६३ )पोखरा (२०६४-२०६८ ) ,ललित्तपुर ( ४ महिना ) ,भक्तपुर जिल्ला ( ५ महिना) ,रास्ट्रीय खेलकुद परिषद उपाध्यक्षको सचिवालय प्रमुखको रुपमा ४ बर्ष (२०७१ -२०७५ ),अन्तरास्ट्रिय खेलकुद परिसर सातदोबाटो ललितपुर पौडी शाखामा २ बर्ष ,पौडी शाखा त्रिपुरेश्वरमा २ बर्ष, रा खे प परिषद प्रतियोगिता बिभागमा १ बर्ष नेतृत्व सम्हालिसक्नु भएका प्रमुख संग रास्ट्रीय तथा अन्तरास्ट्रिय खेल प्रतियोगिताहरु सजिलै संचालन गरेका अनुभव रहेका छन्।
अव कार्यालय प्रमुख को उपस्थिति संगै जिल्लाको समग्र खेलकुद क्षेत्रले विकासले गति लिने कुरामा आफु आशावादी रहेको कुरा जिल्ला खेलकुद कार्यालय सचिव गीता के सी ले प्युठान सरोकार डट कम लाई बताउनु भएको छ।

आफ्नो कामकाज सम्हालेसंगै जिल्ला खेलकुद प्युठान शाखा प्रमुख रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी भै रहेको बताउनु हुन्छ। अन्य विभाग हरुको तुलनामा राज्य द्वारा खेलकुदमा धेरै न्यून बजेट विनियोजित हुने हुदाँ सोचे बमोजिमको कार्यक्रम गर्न गराउन खेलकुद समितिलाई अफ्ट्यारो पर्दै आईरहेको आफ्नो २ दशक भन्दा लामो अनुभव सुनाउनु हुन्छ।
तथापी जिल्लाका स्थानिय सरकार हरुको पनि समन्वयकारी भूमिका पाउन सके प्युठान जिल्लाको खेलकुद बिकास गर्न असम्भव नरहेको उहाँको तर्क छ। जिल्ला खेलकुद बिकास समितिको सम्पूर्ण जग्गालाई व्यवस्थित गरि आवस्यक थप पुर्वाधार निर्माण गर्ने आफ्नो योजनामा रहेको उहाँ बताउनु हुन्छ।
प्युठान जिल्लामा कवड हल, गणतान्त्रिक खेलकुद मैदान आदि निर्माणमा पनि जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख पण्डितको बजेट बिनियोजन प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको पाईन्छ। पण्डितको आगमन संगै जिल्लाले पहिलो पटक अधिकृत स्तरको कर्मचारी पाएको छ।