पौष २४ प्युठान, खलङ्गा
लुम्बिनी प्रदेश उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा )ले जिल्ला कारागार प्युठानको स्तर उन्नतिमा आफु लागि पर्ने बताउनु भएको छ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना समारोहमा पौष २३ गते गृह जिल्ला प्युठान आउनु भएका लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री थापाले जिल्ला भ्रमणको दोश्रो दिन प्युठान खलङ्गामा आयोजित “कारागारमा पुस्तक अभियान” उद्घाटन समारोहका बीच उक्त कुरा बताउनु भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि राणाले जिल्लाको सर्वाङ्गिक बिकासको लागी आफु जहिले पनि पार्टी भन्दा माथि उठेर काम गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भएको छ।
प्युठान दिल्ली बस सेवाको उद्घाटन
पौष २३ गते
लुम्बिनी प्रदेश उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा )ले प्युठान-दिल्ली बस सेवाको उद्घाटन पनि गर्नु भएको छ। आफ्नो कार्यकालमा प्युठान जिल्लामा यातायात कार्यालय स्थापना गर्न पहल सुरुभै सकेको मन्त्री राणाले बताउनु भएको छ। बस व्यवसायी समिति हरुलाई उदृत गर्दै मन्त्रि राणाले प्युठान जिल्लाको सवारी भाडादर , सवारी व्यवस्थापन र जन गुनासोहरुलाई समयमै सम्बोधन गरि यात्रुहरुको सहजतामा ध्यान पुर्याउन बिशेष अनुरोध पनि गर्नु भएको छ।

विधालयहरु द्वारा पनि स्वागत
प्युठान नगरपालिका भित्र पर्ने बाल ज्योति आधारभूत बिद्यालय गेजवांग र जनता माध्यमिक बिद्यालय बाग्दुलाले पनि मन्त्री राणालाई स्वागत गरेका छन्। स्वागत कार्यक्रममा मन्त्री राणाले शिक्षानै बिकासको मेरुदण्ड भएकोले प्युठान जिल्लाको शिक्षाको स्तर उन्नतिको लागी आफ्नो सदा साथ रहने धारणा राख्नु भएको थियो। राणाले सरकारी / बोर्डिंग बिधालयमा पढाउने सम्पुर्ण शिक्षक /शिक्षिकाहरुलाई बिशेष धन्यवाद दिदै समय सापेक्षित प्रविधि मैत्री ढंगले अघि बढ्न प्रेरित गर्नु भएको छ।

“कारागारमा पुस्तक अभियान” प्युठान जिल्ला प्रदेश संसद निमा गिरिको अगुवाईमा तय भएको कार्यक्रम रहेको थियो।