टोल बिकास समिति मार्फत बिकासको प्रक्रियामा अघि बढ्दै प्युठान नगरपालिका

पौष २० , प्युठान नगरपालिका -०७ प्युठान

प्युठान नगरपालिकाले पालिकाको बिकासको लागि समुदाय सम्मेलित टोल बिकास समितिको गठन गरि पालिका सङ हातेमालो गर्न पहल गरेको छ।

नगर उप प्रमुख देबेन्द्र बर्माले वार्ड न ७ भित्र पर्ने टिकुरी सकृय युवा समुहले आयोजना गरेको अनौपचारिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाको टोल बिकास समिति को अवधारणा बारे प्रकाश पार्नु भएको हो।

उहाँले पालिका भित्रका सबै टोलहरु बिकास समिति मार्फत जादा अझ बढी बिश्वासिलो र कामको पार्दर्शिता हुने जानकारी गराउनु भएको छ।

जन ज्योति सामुदायिक बिकास केन्द्रको हलमा सम्पन्न भएको युवा सङ उपमेयर कार्यक्रममा टिकुरी गाउँका युवाहरुले प्युठान नगरपालिकाले पहिलो कार्यकालमा सन्चालनमा ल्याएको कोल्ड स्टोरको हालको अवस्था , बाग्दुलामा ट्राफिक तथा फलफूल ब्यवसायको उचित ब्यवस्थापन , पालिका भित्रका किराना पसलहरुको निरन्तर बजार अनुगमन गरिनु पर्ने , मूल्य सुचि तथा गुणस्तर निर्धारण , सामुदायिक तथा संस्थागत बिधालयहरुको अहिलेको अवस्था, पालिका भित्र बैज्ञानिक तवरको फोहर ब्यवस्थापन, प्रबिधिमा युवा उधमशिलता , बिजुवार बाग्दुला सडक खन्डको पोल लाईट ब्यवस्थापन , भित्रिकोट गुरुङ गाउँको पर्यटन प्रवर्द्धन आदिका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए।

प्रमुख अतिथि बर्माले युवाहरुका कुरालाई सम्बोधन गर्दै यी कुराहरुमा नगरपालिकाले प्राथमिकता निर्धारण गर्ने जानकारी गराउदै छिट्टै गठन हुन लागेको टिकुरी टोल बिकास समितिको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो।

कार्यक्रमको सम्योजन सन्जय रिजाल ( सन्जु) ले गर्नु भएको थियो।