माघ १७ खलङ्गा ,प्युठान
मल्लरानी गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय खलंगा प्युठानले १५ स्वर्ण सहित प्रथम स्थान हासिल गरेको छ। कुल २८ स्वर्ण मध्ये महेन्द्र मा. बि ले मात्रै १५ स्वर्ण ल्याई जित हासील गरेको हो।
यो आफ्नो स्कुलको लगातार तेर्स्रो बर्षको जित भएको जानकारी दिदै सामाजिक संजाल मार्फत रनिङ शिल्ड मा विद्यालय लाई प्रथम बनाउनको लागि मुख्य भुमिका खेल्ने विद्यार्थीहरु, सहकर्मी शिक्षक तथा कर्मचारीहरु, बि ब्य स तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु, स्थानीय शुभेच्छुकहरु तथा आयोजक मल्लरानी गाउँपालिका सबैमा स्कुल सह प्रध्यानाध्यापक बिष्णु पौडेलले विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।
महेन्द्र मा. बि खलङ्गाले शिक्षा संगै खेलकुदको क्षेत्रमा पनि बिद्यार्थीलाई उत्त्तिकै उत्प्रेरित गर्दै आईरहेको कुरा बिद्यालय अवस्थित रहेको मल्लरानी गाउँ पालिका ०४ वडा अध्यक्ष कुमार श्रेष्ठ र बिद्यालय प्रध्यानाध्यापक पिताम्बर पौडेलले प्युठान सरोकारलाई बताउनु भएको छ।


रनिङ शिल्ड प्राप्त गर्न खेलका विभिन्न प्रतियोगिताहरुमा धेरै स्वर्ण कास्य सहित लगातार तिन बर्ष बिजयी हुनु पर्ने प्रावधान छ ।
यसै बर्षको प्युठान नगरपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनता मा बि बाग्दुलाले जित हासिल गरेको थियो। हाल प्युठान जिल्लामा फरक -फरक पालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चलिरहेको छ।

उपप्रमुख र बिद्यालय प्रध्यानाध्यापक पिताम्वर पौडेल