प्युठान जिल्ला सदरमुकाममा अवस्थित त्रिभुवन बिश्वबिधालय बाट सम्बन्धन प्राप्त प्युठान क्याम्पसले स्नातक तहका मानविकी, शिक्षा र व्यवस्थापन संकायमा शैक्षिक सत्र २०७९को लागी भर्ना फर्म वितरण कार्य सुरु गरेको छ।
सामुदायिक स्तरबाट २०६४ सालमा स्थापनाभै स्नातक तहमा कुल ३ संकाय संचालित यस क्याम्पसमा मानविकी संकायमा ,समाजशास्त्र ,अर्थशास्त्र ,ग्रामिण बिकास ,नेपाली र इतिहास , शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी ,नेपाली ,अर्थशास्त्र र व्यवस्थापन संकाय तर्फ लेखा, बित्तशास्त्र र बजारशास्त्र रहेका छन्।
भर्ना प्रक्रिया
यस प्युठान क्याम्पस खलङ्गामा स्नातक तहमा भर्ना हुनको लागी सम्बन्धित बिषयमा १२ कक्षा वा सो सरह उत्रीण बिध्यार्थीहरुले एस इ इ वा सो सरहको परिक्षा उत्रिण गरेको र १२ उत्रिण गरेको लब्धाङ्गपत्र,चारित्रिक प्रमाणपत्र ,स्थानान्तरण ,नागरिकता प्रमाण पत्रमा २/२ प्रति प्रतिलिपि र ४ प्रति पासपोर्ट साईजको फोटो सहित क्याम्पसबाट उपलब्ध आवेदन फारम भरि बुझाउनु पर्नेछ। साथै रजिस्ट्रेसनको लागी १२ कक्षा उत्रिणको सक्कल माईग्रेसन अनिवार्य रुपमा पेश गर्नु पर्ने।
छुट तथा निशुल्क वृति सम्बन्धि व्यवस्था
१२ कक्षामा ग्रेड भन्दा माथिको लागी प्रथम बर्षको भर्ना शुल्कमा ५० % छुट
अपाङ्ग छात्र छात्राको लागी प्रथम बर्षको भर्ना शुल्कमा ५०% छुट
Admission Form Open from the Date: 2079/05/21 onwards
Admission form Submission last Date: 2079/08/16
भर्ना सम्बन्धि थप जानकारीको लागी सम्पर्क ठेगाना
प्युठान क्याम्पस,
मल्ल रानी गाउपालिका
खलङ्गा ,प्युठान
लेखा तथा प्रशासन
९८४७८२०००३२ ,९८४७८३८९९१
