टिकुरी ,कार्तिक १२
जनज्योति सामुदायिक बिकास केन्द्रको ४१ औ बार्षिक उत्सवको अवसरमा प्युठान जिल्लाव्यापी खुल्ला महिला पुरुष दौड प्रतियोगीता हुने भएको छ।
प्युठान नगरपालिका ७ मा ३ दशक भन्दा अघि स्थापना भएको जनज्योति क्लवले रास्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने नारा सहित १२ बर्ष भन्दा माथिका उमेर समुहहरुको लागी खुल्ला महिला पुरुष दौड प्रतियोगीताको आयोजना गरेको दौड संयोजक श्री माधव पोखरेलले प्युठान सरोकारलाई बताउनु भएको छ। लक्ष्मी पुजाको दिन क्लवको बार्षिक उत्सव समेत मनाउने उदेश्य राखी जिल्ला ब्यापी खुल्ला महिला पुरुष दौडको आयोजना गरिएको हो।
दौडको तालिका देहाय बमोजिम रहेको छ।
सहभागी नाम दर्ता : कार्तिक १६ गते बिहान ६ : ३० सम्म kaaryakram
दौडको दुरी : । ५ दशमलव ५ किलो मिटर
दौडको रुट : जनज्योति सामुदायिक बिकास केन्द्रको भवन हुदै – टिकुरी बसपार्क -राईलि खोला -टिकुरी बसपार्क झर्ने पक्कि बाटो हुदै संस्थाको कार्यालय
बिजेतालाई नगद रु तथा प्रमार्ण पत्र सहित सम्मान गरिने
थप जानकारी तथा नाम दर्ताको लागी ९८५११८६०९६ ( यादव कुमार पण्डित ) ९८४७९०४९२३ ( कृष्ण के एम , अफिस )