NEPAL ENGLISH LANGUAGE TEACHERS’ ASSOCIATION (NELTA) प्युठान को सातौ साधारण सभामा बनाईएको ब्यानरमा भएको अंग्रेजी शब्दहरुको Spelling Error को प्रसङ्गलाई सम्बोधन गर्दै नेल्टा शाखा प्युठानले क्षमा मागेको छ।
डिसेम्वर ३१ गतेको दिनमा कार्यक्रमको दौरान भएको त्रुटिलाई सामाजिक अभियन्ता भिम उपाध्याय ले समेत उठान गरे पछि प्रसङ्गले केहि गम्भीर प्रश्न खडा गरिदिएको थियो। आयोजक समुह नेल्टा प्युठानले ब्यानर तयार गर्ने क्रममा प्रेसमा भएको गल्तीलाई स्वीकार्दै घटनालाई अतिरन्जित ढंगले पस्तुत नगर्न सबैमा अनुरोध गरेको छ।