बैशाख ०२ ,रुपन्देही
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा चैत्र ३० गते देखि बैशाख २ गते सम्म सम्पन्न १४ औ संघीय तथा तेस्रो लुम्बिनी प्रदेश स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्युठान जिल्लाले राम्रो नतिजा हासिल गरेको छ।

तिलोत्तमा -४ मा अवस्थित जनज्योति खेल मैदानमा भएको खेलको विभिन्न विधामा प्युठान जिल्लाले दाङ, रुपन्देही जिल्ला सङ जित हासिल गर्दै कबर्डी खेलमा (महिला तर्फ ) दोस्रो, पुरुष भलिवलमा दाङ्ग रुकुमलाई हराउदै तेस्रो ,लङ्जम्पमा तृतिय ( महिला तर्फ ),एथलेटिक्स रनिङ महिला तर्फ ३००० मिटरमा चौथो हुनुका साथै उत्कृष्ट तथा अनुशासन खेलमा समेत जिल्ला पुरस्कृत भएको छ।
त्यस्तै ,रास्ट्रीय स्तरको रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्युठान जिल्लाबाट कबर्डी विधाका २ महिला युरिसा गिरि र सरस्वती घर्ती छनौट भएका छन्।

रास्ट्रपती रनिङ बैशाख ६/७/८ गते दशरथ रङ शालामा आयोजना हुँदैछ।