फाल्गुन १ गते देखि शैक्षिक संस्था खोल्ने

माघ २४, २०७८

बिद्यालय स्तरिय कोरोना रोकथाम खोप अभियानले तिब्रता पाए संगै जोखिम न्यून रहेको संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले फाल्गुन १ गते देखि शैक्षिक संस्था खोल्ने निर्णय गरेको छ ।

‘१२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका बालबालिकालाई विद्यार्थी संख्याका आधारमा सम्बन्धित स्थानिय तहको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो गरी कक्षा सञ्चालन गराउन सक्ने’ प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ।

साथै आजको मिति सम्म रोकिएका बिश्वबिध्यालय, बिद्यालयका सबै किसिमका परीक्षाहरु स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी जेड आकारमा सिट व्यवस्था गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सक्ने छन् ।’