भक्तपुर –
सरकारी विधालयका शिक्षकहरुको पोशाक ड्रेस कोड परिवर्तन भएको छ। नयाँ शैक्षिक सत्र २०७९ बाट लागू हुने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्र बिद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा भक्तपुरले पोशाकको ड्रेस कोड परिवर्तन गर्ने निर्णय गरेको हो ।
नेपाल शिक्षक महासंघको पुरानो ड्रेस परिवर्तन गराउने अनुरोधलाई सदर गरि नयाँ निर्णयको परिपत्र समेत जिल्ला स्थित सबै इकाइ र पालिकालाई पठाईएको छ ।शिक्षिकाहरुको साडी, ब्लाउज, कुर्ता सुरुवालमा परिवर्तन नगरिएको तर अन्य पोशाकको रङ परिवर्तन गरिएको छ । अब शिक्षकको कोट प्याण्टको रङ गाढा खैरो, सर्ट हल्का निलो, ज्याकेट गाढा खैरो, स्वेटर कलेजी र जुत्ता कालो हुने छ । यो पोशाक महिला पुरुष दुबैका लागि रहेको र ज्याकेट र स्वेटर मौसम अनुसार हुने निर्णय भएको केन्द्रले जनाएको छ ।
पोशाकको नमूना नेपाल शिक्षक महासंघबाट पाउन सकिने सुचनामा उल्लेख छ ।
