एसईई परीक्षार्थीलाई महेन्द्र माध्यमिक विद्यालय खलङ्गाद्वारा विदाई तथा शुभकामना

चैत्र २ ,खलङ्गा प्युठान

श्री महेन्द्र माध्यमिक विद्यालय, प्युठान खलङ्गाले ६१ औ ब्याजका कक्षा १० का विद्यार्थीहरूका लागि विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।

यस वर्ष २०८२ सालमा उक्त विद्यालयबाट एसईइ परीक्षा दिने विद्यार्थीहरूको कुल संख्या ५८ रहेको छ।

विद्यालय द्वारा आयोजित कक्षा १० को विदाई कार्यक्रममा स्कुल व्यवस्थापन समिति तथा मल्लरानी गाउँपालिका–४ का वडा अध्यक्ष कुमार श्रेष्ठ लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि रहनु भएका अध्यक्ष श्रेष्ठले विद्यार्थीहरूलाई आगामी परीक्षाका लागि शुभकामना व्यक्त गर्दै विधालयको हकहितमा स्थानीय तह सधै साथमा रहने धारणा राख्नु भएको थियो।

विद्यालयका प्रधानाध्यापक विष्णु पौडेलका अनुसार विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विदाई कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम कक्षा ९ का विद्यार्थीहरुले संचालन गरेका थिए।