“ड्रिम हन्ड्रेडले” प्युठान जिल्लाब्यापी माध्यमिक तह स्तरीय “भर्चुयल कविता प्रतियोगिता “गर्ने

बिजुवार, प्युठान
बिपन्नता तथा आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्नबाट बिद्यार्थी बन्चित नहुन भनि ड्रिम हन्ड्रेड को अवधारणा ल्याई प्युठान जिल्लामा शैक्षिक क्षेत्रमा सक्रिय रुपमा क्रियाशील सामाजिक संस्था ड्रिम हन्ड्रेडले आउदो फाल्गुन महिनाको ७ गते सम्म दर्ता गर्न मिल्ने गरि प्युठान जिल्लाब्यापी माध्यमिक तह स्तरीय भर्चुयल कविता प्रतियोगिता सम्पन्न गर्न लागेको छ।
कबिताका बिषयगत क्षेत्रहरु कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभाव र यसको न्यूनीकरणका उपायहरु सुचना र प्रबिधिले हाम्रो समाजमा ल्याएको परिवर्तन प्युठान जिल्ला चिनाउने इतिहास ,संस्कृति ,स्थान ,व्यक्तित्व ,वा अन्य चिनारी रहेका छन्।
बिद्यार्थीको क्षमता बढाउन आगामी दिनहरुमा अन्य रोचक तथा सिर्जनात्मक कार्यक्रमहरु जोडिदै लैजाने कुरा ड्रिम हन्ड्रेड कविता प्रतियोगिता कार्यक्रम संयोजक राजेन्द्र आचार्यले पढ़नेकुरा डट कम लाई बताउनु भएको छ। जिल्ला ब्यापी यस माध्यमिक तह स्तरीय भर्चुयल कविता प्रतियोगिता कार्यक्रमलाई सहजीकरण संस्थाकै अभियन्ता संदेश सुबेदीले गर्नु हुनेछ।
प्रतियोगितामा सहभागीहुन सुचनामा उल्लेख जानकारी लिनुहोस्।
कबिता नेपाली भाषामा पठाउनु पर्नेछ।