प्युठान सरोकार सम्वाददाता
भाद्र २१ ,प्युठान
जिल्लाको पुरानो शैक्षिक संस्था मुक्ति माध्यमिक बिद्यालय राटामाटा लाई नेपाल शिक्षा डट कमले शैक्षिक गुणस्तर अभिवृद्धि गराउदै लैजाने योजनामा साथ दिने भएको छ।
बिद्यालयमा भैरहेको पठन पाठनको अलावा बिद्यार्थीको चौतर्फी बिकासको लागी उत्प्रेरणा तथा करिअर काउन्सेलिङ्गका कार्यक्रमहरु जोड्दै बिधालय र नेपाल शिक्षाको बीच दिपक्षीय सम्झौता भएको हो। सम्झौतामा बिधालयको बार्षिक नतिजा राम्रो निकाल्नको लागी आवस्यक कार्ययोजनाहरु बनाईने र बिधालयलाई प्रतिस्पर्धी बनाई राख्न डिजिटल प्रबिधि मार्फत निरन्तर सहयोग पुर्याउने कुरा उल्लेख छ।
मुक्ति माध्यमिक बिधालयमा हाल प्राबिधिक धार तर्फको कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनियरिङ्ग , कक्षा ११ र १२ मा बिज्ञान,व्यवस्थापन ,शिक्षा र जुनियर कक्षाहरु संचालित छन्। यहा बाल बिकास देखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पढाई हुनेगर्दछ र सोहि माध्यम माथिल्लो १२ कक्षा सम्म बढाउदै लैजाने बिधालयको योजना रहेको छ।
धेरै अभिभावक र बिद्यार्थीहरुको रोजाईमा रहेको सो बिधालय व्यवस्थापनको पक्षमा अब्बल र प्रतिष्ठित बिधालय पनि मानिन्छ।
मुक्ति माध्यमिक बिधालय राटामाटामा कक्षा ११ मा बिज्ञान,व्यवस्थापन ,शिक्षा संकायमा भर्ना प्रक्रिया खुलिरहेको छ । थप जानकारीको लागी सम्पर्क ९८४७८२१०३२,९८५७८३६१६१