राजनैतिक दलका चुनावी घोषणापत्र हुन् या कुनै जनप्रतिनिधिका मुखार बिन्दबाट सजिलै निस्कने शब्द हो युवा उधमशिलता ! युवा उधमशिलता !! स्वरोजगार, आदि तर व्यवहारिक ढंगबाट हेर्दा प्रतिबद्दता जाहेर गरेका युवा उधमशिलताका कार्यक्रमहरु भैरहेका छन् भन्ने समाचार बिरलै सुन्न पाईन्छ। आखिर किन नेतृत्व क्षमता र सामाजिक बिकासका कार्यक्रमहरु स्थानिय सरकारको कम प्राथमिकतामा परि रहेका छन् यो स्थानिय सरकार र जन प्रतिनिधि हरुलाई फुर्सदमा सोधौला।
मुलत : युवा हरुमा यी बिषयहरु प्रति चासो भैरहने तर तालिम लिनको लागी जिल्लामा व्यवसायिक प्रशिक्षण संस्थाको अभाव भैरहेको र यस्ता कार्यक्रमको लागी समन्वय गरिदिने स्थानिय जनप्रतिनिधिहरुको केहि हद सम्मको परम्परागत सोचको कारण पनि उनीहरु यी पेशाहरुमा उत्प्रेरित हुन् सकिरहेका छैनन्।
अहिलेको डिजिटल युगमा सुचना प्रविधि र मल्टिमिडिया ( आईटी, भिडियोग्राफी ,फोटोग्राफी, फोटो भिडियो सम्पादन आदि )बाट शहर केन्द्रित युवाहरुले Freelancer का रुपमा काम गरि यु टुव र अन्य डिजिटल सोसियल मिडियाबाट मनग्गे आम्दानि गरिरहेको अवस्थामा प्युठान जिल्लाका युवाहरुलाई मल्टिमिडिया , आईटि सम्बन्धि छोटो र लामो अवधिका व्यवसायिक शिप बिकास तालिमहरु प्रदान गराई डिजिटल युवा उधमशिलतामा जोड दिनु पर्ने देखिन्छ।
सोझो अर्थमा भन्दा युवा हरु स्थानीय निकाय दलीय भनसुनमै चल्ने सोच राख्दछन। आफ्नो पहुच कम भएको र आफ्ना आवस्यकताको सहि ढंगले सुनुवाई नहुने अनि सबै पैसा बाटो -घाटो भवन निर्माणमा गयो भन्ने सुन्न नगर /गाउपालिका धाई रहन चाहन्नन्।
स्थानिय सरकारहरुले पनि केन्द्र ( बिषय बिज्ञता ) लाई जिल्ला संग जोडि युवाहरुको रुचि र बजार भएको जुनसुकै शिप बिकास सम्बन्धि कार्यक्रमहरु ल्याउन ढिला गर्नु हुदैन। जिल्लाका सबै वार्ड पालिकाहरुले युवाहरु के चाहन्छन भन्ने कार्यक्रम मात्र नगरी ठोस बजारको सम्भावना रहेका कार्यक्रमहरु अभिलम्भ ल्याउनु नितान्त आवस्यक देखिन्छ।