दलहरुलाई धन्यवाद !

प्युठान जिल्लामा सम्पन्न स्थानिय निर्वाचन विवादरहित अनुशासित ढंगबाट सम्पन्नभै जेष्ठ ६ गते देखि बिजयी दलका प्रतिनिधिहरुले पदभार सम्हालिसक्नु भएको छ।
पदभार सम्हाल्दै गर्दा नव नगर प्रमुखहरुद्वारा कतिपय नगरपालिकामा नगरबासीलाई सौलियत स्वरुप जिल्ला अस्पतालमा लाग्ने बिरामी दर्ता शुल्क निशुल्क गर्ने निर्णय गरियो।रक्त संचार सेवा निशुल्क गर्ने, नगरपालिकाका वडाहरुले आगामी आ. व. को लागि योजना ल्याउदा अनिवार्य रुपमा वस्ती भेलाबाट योजना छनोट संकलन र प्राथमिकरण गर्नुपर्ने र योजनाहरुलाई कार्यान्वयन तथा दीगोपना गराउनको लागि नितिगत व्यबस्था गर्ने निर्णय गरियो । जुन कुरा स्वागतयोग्य छ।
त्यस्तै, उता गाऊपालिकाले पनि पहिलो निर्णय गाउँपालिकाका प्रत्येक घरधुरी लाई निशुल्क स्वास्थ्य बिमा गर्ने भनिएको छ । जस बाट प्रत्येक घर धुरिले रु. एक लाख सम्मको उपचार नि:शुल्क पाउनेछन । यसरि सरसर्ती हेर्दा सुरुको निर्णयमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेको देखिन्छ। जो बिल्कुलै जाहेज छ।
जिल्लामा ५ बर्षे अवधिमा नगर, गाउबासी लाई अव स्थानिय सरकारको महत्व राम्रै संग थाहा भैसकेको छ। तथापी , सबै कुरालाई मध्यनजर गर्दै समुदाय ,सामाजिक संघ संस्था र स्थानिय सरकारको समन्वयमा दिगो बिकास लक्ष्यका अधुरा कार्यहरु पुरा होउन ! निर्वाचित सबैको सफल कार्यकालको शुभकामना सहित सबैमा शुभकामना !