प्युठानका सामुदायिक विद्यालयको बिकासमा जोड देउ !

सामुदायिक बिद्यालय सुधारका एजेन्डाहरु हाम्रो देशको लागी कुनै पृथक र नौलो बिषय होइनन सामुदायिक बिद्यालयहरुको अपेक्षित सुधार हुन नसक्नुमा यस क्षेत्रका सरोकार वालाहरु प्रायः सबैको उत्तिकै भूमिका जोडिएको छ। बिशेषत स्थानिय सरकार जसले सामुदायिक बिद्यालयहरुको अभिभावकत्व ग्रहण गरेको हुन्छ उसकै कार्य कुशलताले पनि सरकारी बिद्यालयहरुको नतिजामा प्रत्यक्ष प्रभाव पार्ने हो।
जिल्लाका सामुदायिक बिद्यालयमा अध्यापन गराउने धेरै जसो शिक्षकहरुमा विभिन्न राजनैतिक दलमा झुकाव रहि रहनु, पार्टीका काममा बढी सरिक रहने , आन्तरिक दोषारोपण प्रवृत्ति, कुटनिती , दुरदर्शिता र द्वन्द्व ब्यवस्थापनमा कमजोरी जस्ता कारणले सामुदायिक बिध्यालयले पाउनु पर्ने जति स्याहार पाएको छैन। आफ्नो नेतृत्वमै दृढ बिश्वास नहुनु , संस्थागत बिद्यालयहरुमा आफ्नो सेयरको लगानी र सरकारी बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुले नै आफ्ना छोरा छोरीको पढाई निजि बिद्यालयमा गराउनुले सामुदायिक बिद्यालयको साख स्थिर छ । यो यथार्थ तितो लाग्न सक्छ सरकारी बिद्यालयलाई प्रभावकारी बनाई लगिराख्नु भएकाहरुलाई छोडि अरु शिक्षक शिक्षिकाहरुमा आफ्नो स्थायी नोकरीको सुनिस्चितताकै कारण सामुदायिक बिद्यालयहरुले उचित स्याहार नपाईरहेको बिश्लेषण गरिएको छ  । यी र यस्तै कारणले गर्दा आज प्युठान जिल्लाका सामुदायिक बिद्यालयहरुको पनि अपेक्षित उपलब्धि हुन सकेको छैन भन्दा अतिशयोक्ति नहोला  ।
तसर्थ प्युठान जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयको स्तर उन्नति गराउनेनै हो भने जिल्लामा शिक्षक सिकाई ,व्यवस्थापन समिति लक्षित व्यवस्थापकीय क्षमता अभिब्रिदी कार्यक्रम , अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रमहरु र स्थानिय सरकार हरुको लागी नेतृत्वदायी क्षमता बिकास तालिम जस्ता सुनौला अवसरहरु जुटाउनु अत्यन्तै जरुरी छ  ।