प्युठान नगरपालिका वार्ड १ मा गठबन्धनको प्यानल बिजयी

खैरा , प्युठान
स्थानिय तह निर्वाचनमा प्युठान नगरपालिका १ बाट अध्यक्ष पदमा नेपाली कांग्रेसकी नेत्री साधना रावत बिजयी हुनु भएको छ। रावतले अध्यक्ष पदमा ९५३ मत ल्याई बिजयी हुनु भएको हो।
प्युठान नगरपालिकाको मेयर तथा उपमेयर पदहरुमा समेत गठबन्धनकै अग्रता रहेको उक्त वार्डमा गठबन्धनको सम्पूर्ण टिम बिजयी भएको हो ।