जुम्री बजार, प्युठान
प्युठान नगरपालिकाको १, २ र ३ वार्डहरुको नतिजा आईसक्दा सबै वार्डहरुमा गठबन्धन दलले बिजयी हासिल गरेको छ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्युठान नगरपालिकाको १ र २ वार्डहरुमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पद सहित सम्पूर्ण गठबन्धन टिम र वार्ड ३ मा पनि गठबन्धन दल ने क पा माओवादीको तर्फबाट अध्यक्ष पद सहित सदस्यहरुमा गठबन्धन टिम बिजयी भएको हो ।
प्युठान नगरपालिका १, २ र ३ वार्डमा बिजयी हुनेहरु क्रमश: साधना रावत (नेका ) ,मोहन सिंह बिस्ट (नेका ) र सुमन श्रेष्ठ(ने क पा माओवादी ) रहेका छन्। बिजयी भएका अध्यक्षका सबै प्रत्यासीहरुको प्रतिद्वन्दीको रुपमा सबै स्थानहरुमा ने क पा एमाले रहेको छ।
अव भने प्यु न पा वार्ड ४ र ५ को मत गणना कार्य जारी छ।


