पुन्यखोला, प्युठान
प्युठान नगर बासीले उत्सुकताका साथ कुरिरहेको प्यु न पा ७ को मत परिणाम सोमवार बिहान प्रकाशित भएको छ।
निर्वाचनमा गठबन्धन दलका तर्फबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार नेत्र बहादुर के सी लगायतको प्यानल बिजयी भएको छ।
मतगणनाको सुरुवाती देखि नै अधक्ष्य पदमा तिब्र प्रतिस्पर्धा चलेतापनि अन्तत के सीले २१ मतको थोरै अन्तरले उनका निकटम प्रतिद्वन्दी ने क पा एमालेका शेषमणी भट्टराई संग बाजी मारेका हुन्। खसेको कुल १६४० मतमा नेपाली कांग्रेसलाई ७४१ र ने क पा एमालेलाई ७२० जनमत प्राप्त हुदा मत अन्तर जम्मा २१ मात्र रह्यो।

नेपाली कांग्रेसको गढ भनेर चिनिने प्युठान नगरपालिका ७ मा यस पटकको निर्वाचनमा भने कडा प्रतिस्पर्धामा उत्रिनु परेको थियो । हाल बिजयी भएका के सी यस अघि पनि नेका बाटै अधक्ष्य पदमा प्यानल सहित निर्वाचित हुन् ।