बिजयी उमेदवारहरुलाई प्युठान नगरबासीले गरे स्वागत



प्युठान नगरपालिका
जेष्ठ ४, प्युठान

गठबन्धन दलबाट बिजयी प्युठान नगरपालिका भित्रका उमेदवारहरुलाई प्युठान नगरबासीले भब्य स्वागत गरेका छन्।
हिजो अपरान्ह १२ बजे नगरपालिका बाट बिजयीको प्रमाण पत्र हासिल गरि सुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्न हिडेका गठबन्धन दलका मेयर, उपमेयर,वार्ड अध्यक्ष ,सदस्यहरुलाई बाक्लो संख्यामा प्युठान नगरपालिका बासीले स्वागत गरेका हुन् । विजय र्याली प्युठानको बिजुवार जुम्री,क्वाड़ी, टिकुरि, बाग्दुला हुदै दम्ती पुगेको थियो।

हिजो पहिलो दिन समय अभावले पुग्न नसकेको स्थानहरुमा उमेदवारहरु क्रमशः पुग्ने तालिका रहेको पनि युवा चुनाव प्रचार प्रसार समितिका संयोजक राजन के सी ले प्युठान सरोकारलाई बताउनु भएको छ।

प्युठान नगरपालिकाका बिजयी उमेदवारहरुको सुची

बिजयी मेयर : बिष्णु योगी

बिजयी उप मेयर : देबेन्द्र ब्रह्मा

वार्ड १ नेपाली कांग्रेस, साधना रावत
” २ नेपाली कांग्रेस, मोहन सिंह बिष्ट
” ३ नेकपा माओवादी, सुमन श्रेष्ठ
” ४ नेकपा एमाले, रेशम कार्की
” ५ रास्ट्रिय जनमोर्चा, नन्दराम पुन
” ६ नेपाली कांग्रेस,नरेन्द्र पुन मगर
” ७ कांग्रेस ,नेत्र बहादुर के सी
” ८ नेकपा एमाले; पदम थापा
” ९ नेकपा माओवादी :बिकास के सी
” १० स्वतन्त्र उमेदवार लोक बहादुर के सी