प्युठान सरोकार सम्वाददाता
आउदो बैशाख ३० गते हुदै गरेको स्थानिय निर्वाचनमा प्युठान जिल्लाको मुटु मानिने प्युठान नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उमेदवार देबेन्द्र बर्माको चर्चा जिल्लाभर चुलिएको छ।
नेपाली कांग्रेस प्युठानका सचिब हुदै हाल जिल्ला उपसभापति समेत रहेका बर्मा आफ्नो पेशागत तथा राजनीतिक क्षेत्रमा विवाद रहित स्वच्छ छविका युवा नेता मानिन्छन्। बर्माको क्रेज युवा तथा बय -बृदहरुमा बढि हुनुमा उनको राजनैतिक-पारिवारिक संस्कार र व्यक्तिगत जुझारुपननै मानिन्छ।

आफ्नो दायित्व र इमान्दारिताबाट कहिल्यै बाहिरी घेरा नटेकेका युवानेता देबेन्द्र बर्मा जिल्लाले शतप्रतिशत आश गरेका युवानेता हुन्। पत्रकारिता पेशा अंगाल्दै, सामाजिक संघ संस्था मार्फत प्युठानका दुर्गम क्षेत्रमा ग्रामिण बिकासका दर्जनौ कार्यक्रम सम्पन्न गरिसकेका बर्माले प्युठान नगरपालिका भित्रको शहरीकरण , नदि नियन्त्रण , शिक्षा, स्वास्थ्य तथा युवा उधमशिलता र बजारीकरणलाई जोड दिदै आफ्नो चुनावी मुख्य एजेन्डा बनाउदै आईरहेका छन्।
प्युठान नगरपालिका भित्र गठबन्धन दलका उपमेयर बर्मा संगै गठबन्धन दलबाट ने क पा माओवादीका नेता बिष्णु योगीले मेयर पदका लागी अन्य दलहरु संग प्रतिस्पर्धा गर्दै हुनु हुन्छ।
