झिमरुक गाउँपालिका ,प्युठान
नेपाल टेलिकम दुरसंचार कार्यालय प्युठानले जिल्लामा इन्टरनेटको सुविधालाई थप बिस्तार गर्दै लगेको छ। FTTH-FIBERNET अन्तर्गत प्युठान जिल्लाको प्युठान नगरपालिका ,स्वर्गद्वारी नगरपालिका , मल्लरानी गाउँपालिका ,माण्डवी गाउँपालिका हुदै २०८० सालको चैत्र महिना देखि प्युठानको झिमरुक गाउँपालिकाको मच्छि र ओखरकोट मा समेत यो सुबिधा बिस्तार भैसकेको छ।
नेपाल टेलिकमको सेवा सुबिधा र सहुलियत दरकै कारण पनि अहिले जिल्लामा सेवाग्राही बढ्दै गैरहेको नेपाल टेलिकम कार्यालय प्युठानका प्रमुख निरन्जन श्रेष्ठ बताउनु हुन्छ। चैत्र महिनामा नेपाल टेलिकम दुर संचार कार्यालय तुलसीपुरका कार्यालय प्रमुख ई. सन्तोष शर्मा सहितको बिशेषज्ञ टोलि आई झिमरुक गाउँपालिकाका जनप्रतिनिधिहरु र सरोकारवालाहरु लाई राखी नेपाल टेलिकम प्युठानको इन्टरनेट सेवा बिस्तारको बारेमा सात्क्षाकार गराईसकेको छ। कार्यक्रममा शर्माले बाकि रहेका जिल्लाका अन्य पालिका हरुमा पनि इन्टरनेटको सुबिधा बिस्तार गर्नमा सम्भावना अध्ययन भैरहेको अवगत गराउनु भएकोछ ।
टेलिकमको FTTH-FIBER NET अन्तर्गत टेलिफोन , मोवाईल डाटा ,IP TV को बार्षिक सहुलियत दरको प्याकेजमा सुबिधा रहि आएको छ।