प्यूठान,
जिल्ला निर्वाचन कार्यालय प्यूठानले नागरिकता प्राप्त मतदाता नामावलीमा नाम नभएका १६ बर्ष माथिका सबै ब्यक्तिलाई आ-आफ्नो गाँउ/नगर पालिकामा गई फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न खुलाएको समय मिति पौष ९ गते सकिए लगत्तै पून: मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने सुबिधा प्रदान गरेको छ।
जिल्ला निर्वाचन कार्यालय प्यूठानले जिल्लाका सबै पालिका हरुमा गत मंगसिर १७ गते देखि २६ गते सम्म पहिलो र मंगसिर २९ देखि पौष ९ गते सम्म दोर्श्रो चरणमा मतदाता नामावली संकलन कार्यक्रम गरेको थियो। र पनि कोहि न कोहि छुटी हाल्ने भएको हुदा हामीले अव तिन स्थान बाट मात्र मतदाता नामावली संकलन गर्ने भएका छौ।प्यूठान जिल्ला प्रमुख निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार ,अव जिल्ला निर्वाचन कार्यालय खलङ्गा, जिल्ला प्रशासन कार्यालय प्यूठान र ईलाका प्रशासन कार्यालय जसपुर चकचके बाट निर्वाचनको मिति नातोकिन्जेल सम्म मात्र नाम दर्ता हुनेछ ।
प्यूठान जिल्ला बाहिरका नागरिकहरुले समेत आफ्नो नाम दर्ता गराउन मिल्ने
प्यूठान जिल्ला बाहिरका नागरिकहरुले समेत आफ्नो नाम दर्ता गराउन मिल्ने प्रावधान पनि छ त्यसको लागी जिल्ला प्रशासन कार्यालय पुग्नु पर्नेछ।जिल्ला बाहिरका नागरिकको मतदान अधिकार भने उनीहरुकै सम्बन्धित जिल्लाबाटै प्रयोगमा आउनेछ।

