माघ ६,प्युठान नगरपालिका ,प्युठान
प्रतिनिधि सभा निर्वाचनको लागि प्युठान जिल्लामा चुनावको माहोल बढ्न थालेको छ। हिजो मात्रै नेपाली कांग्रेस र रास्वपाको पनि उमेद्वार चयन भए संगै अव जिल्लाका सबै दलका नेता छानिएका छन्।
जसमा नेपाली कांग्रेसबाट प्रा डा गोबिन्द राज पोख्रेल , नेपाली कम्युनिस्ट पार्टि बाट कृष्ण ध्वज खड्का , एमाले बाट सुर्य थापा , रास्ट्रिय प्रजातन्त्र पार्टि बाट धनेश्वर पण्डित ,रास्ट्रिय स्वतन्त्र पार्टि बाट शुसान्त वैद्विक, बिप्लब नेतृत्वको नेकपा माओवादी बाट सीता बि क ,रास्ट्रिय जनमोर्चा बाट तिलक जि सि,प्रगतिशिल लाेकतन्त्र पार्टिबाट श्याम गहतरा,श्रम संस्कृति पार्टि गाेबिन्द गिरी,नेपाली जनता दल बिमल पाेख्रेल हुनुहुन्छ।
जिल्लामा दलका उमेदवार मनोनयनका लागि जिल्ला निर्वाचन कार्यालयले माघ ६ गते बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय तालिका समेत सार्वजनिक गरेको छ।
प्रतिनिधि सभा निर्वाचन आउदो फाल्गुन २१ गते सम्पन्न हुदैछ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा मंगलबार हुने मनोनयनका लागि सोमबार बेलुकीसम्म नेकपाले १६५, एमालेले १६३ र कांग्रेसले ५० उम्मेदवारको टुंगो लगाएका छन् ।


