हाईकोट हुदै नेपाल टेलिकम सम्मको यात्रा

व्यक्तिलाई सफल के कुराले गराउछ ?

लगनशिलता भन्ने कुरा के हो ?

सम्बन्धहरु कसरी निर्वाह गर्नु पर्छ ?

हाम्रो व्यक्तित्व आफै बन्छ कि बनाउनु पर्छ ?

एउटा दृढ संकल्प र संघर्षको कथा छ सन्तोष अधिकारीको जो हाल नेपाल टेलिकम दुर संचार कार्यालय तुलसीपुर, दाङ्गमा कार्यालय प्रमुखको रुपमा रहि साविकका राप्ति अञ्चलका जिल्लाहरु को नेतृत्व गरिरहनु भएको छ।

बाल्यकाल स्कुले जीवन देखि नै साथी भाई हरु संग सधै नरम नम्र स्वभाव राख्ने सन्तोषलाई आफ्नै शिल स्वभाव र अध्ययन शिलतालेनै पुर्याएको छ अहिले नेपाल टेलिकमको कार्यालय प्रमुख सम्मको यात्रामा।

कतिपय व्यक्तिका जीवन संघर्ष हाम्रा लागी पथ प्रदर्शक हुनु को साथै जिवनमा एउटा टर्निङ्ग प्वाइण्ट पनि बन्न सक्छ।

सन्तोषको जीवन कहानी पनि नेपालमा बसी केही गर्न चाहनेहरुको लागि थप प्रेरणादायी बन्न सक्छ।

प्युठानको जनता माध्यमिक बिधालय बाट २०५९ सालमा एस.एल.सी मा जिल्ला दित्तीय स्थान हासिल गर्दै इञ्जिनियरिङ्ग बिषयमा मास्टर लेभल सम्मको अध्ययन पुरा गरि सरकारी सेवामा प्रवेश गर्नु भएका सन्तोष देश प्रेमले नै नेपाल नछोडेको बताउनु हुन्छ।

घरमा तिन दाजुभाई मध्येका कनिष्ठ सन्तोष ब्याचलर लेभलको अध्ययन पछि आफु बिदेश मोह भन्दा स्वदेशमै जागिरको स्थायित्व खोज्न तिर लागेको बताउनु हुन्छ। आफ्ना लागी पनि वैदेशिक अध्ययनको राम्रा अवसर नआएका होईनन तर आफुले स्वदेशी विश्वबिद्यालयको पाठ्यक्रम र नतिजालाई राम्रो मानेरनै देश नछोडेको उहाँ बताउनु हुन्छ।

पढाईले घर छाड्नु जाहेज छ तर नोकरी भन्दै देश छाड्नु अनि उतै पलायन भएर बस्नु हाम्रो देशको लागी ठुलो विडम्वना हो।जे पनि बाहिरकै चाहिन्छ, बाहिरकै राम्रो भन्ने हुदैन। स्वदेश भित्र पनि धेरै कुरामा परिमार्जन भैरहेको छ। हाम्रो समाज भित्र रहेका राम्रा कुराको कमैले उजागर गर्ने भएकोले नेपालीलाई देश प्रतिको मोह कम हुदै गएको हो कि भन्ने उहाको तर्क छ ।

२०६९ साल भाद्र १५ गते सरकारी सेवा प्रवेश गरि सकेपछि सन्तोषको करिअरले नयाँ मोड लियो अव देशको सेवा गर्न आटेको ठिटो लाई श्रोत र साधनले पनि साथ दिने भयो।

पहिलो नियुक्ति प्रवेश नेपाल टेलिकम मध्य पच्चिम क्षेत्रीय निर्देशनालय बाकें नेपालगंज पाउनु भएका सन्तोषले साविकका मध्य पश्चिमका जिल्लाहरुमा नेपाल टेलिकमका सेवाहरु तथा अन्य दुर संचार सेवाहरु विकट गाउँ गाउँमा पुर्याउन उल्लेख्य भूमिका निर्वाह गरि सक्नु भएको छ। देश भित्र घाम, असिना -पानी सहेर काम गरियो आज यसै कुराले मनमा थप सन्तुष्टि दिन्छ र पनि हामीले आफ्नो देशको लागि आ-आफ्नो ठाउँमा उभिएर गर्नु पर्ने काम धेरै बाकी छ। सन्तोष थप्नुहुन्छ।

मात्र ३० वर्षको उमेरमा नेपाल टेलिकम दुर संचार कार्यालय घोराही दाङ्गमा कार्यालय प्रमुखको रुपमा आफ्नो महत्वपूर्ण जिम्मेवारी सम्हाली सक्नु भएका प्युठान जिल्ला निवासी ई.सन्तोष अधिकारीले नेपाल टेलिकम केन्द्रिय कार्यालय भद्रकाली हुदै कर्णाली प्रदेशका दुर दराजमा नेपाल टेलिकमको ईन्टरनेट तथा फोन मोवाईल सेवा सुबिधा पुर्याई देशलाई डिजिटल रुपान्तरणमा लग्नको निमित्त अतुलनिय योगदान पुर्याएको पाइन्छ ।
अधिकारीलाई आफुले देश नछाड्ने गरेको निर्णय जिवनमा गरिएका राम्रा निर्णयहरु मध्येको एक खास निर्णय लाग्छ।

देशको सर्वांगिक बिकासमा दुर संचार एउटा पाटो मात्र हो। दुर संचारको अलावा जनताको लागी संवेदनशील मानिने स्वास्थ्य, आवस्यक पर्ने शिक्षा, पूर्वाधार बिकास, बैंकिंग ,कृषि आदिका क्षेत्रमा देश भित्र रहि योगदान पुर्याउनु हुने धेरै निकायहरु हुनु हुन्छ, आफुले काम गरेका देशका धेरै जिल्ला हरुमा सबै निकायलाई नेपाल टेलिकमको छिटो छरितो टेलिफोन इन्टरनेट सुबिधा दिलाई सेवाग्राही लाभान्वित गराउन पाउदा आफु त्यसैमा सन्तुष्ट रहेको अधिकारी बताउनु हुन्छ।

देशको राजनीति र दलहरुलाई दोष थुपारेर हामी देशबाट छिटो भन्दा छिटो उम्कने जमर्को गरि रहेका छौ। बिदेश हिड्दै गर्दा आफ्नो घर परिवारका सदस्यलाई समेत देशभित्रको नैरास्यता सुनाएर देश छोड्नु गलत छ ।कतै यो देश हाम्रो पनि हो भन्ने भुल्यौ कि ?कसैले देशप्रेम र जनताको सेवा भावको कुरा गर्दा सुन्नेलाई आदर्शको कुरा लागे पनि कुनै काल खण्डमा देश घुमेपछि मात्र महशुस हुन्छ नेपाली हामी को हौ भनि ? नेपाली हामी कहाँ छौ भनि ?

बिदेश देख्नलाई घुम्नलाई पहिले जस्तो अव गाह्रो छैन हामी चाहेको वखदमा बिकसित देशहरु सजिलै देख्न घुम्न सक्छौ। अध्ययनलाई गएका बिद्यार्थीहरु दक्षभै फर्कने अव नेपालनै हो आफ्नो घरमै हो। नेपाल भित्र अवसर खोज्ने मात्र नभई अरुलाई समेत रोजगारीको अवसर दिलाउन सक्ने ल्यागत नेपालीमै हुनु पर्छ सन्तोष भन्नु हुन्छ बिदेशमा पनि बनी बनाउ त केनै हुन्छ र? यो देशमा गर्ने हरुको लागी अवसरहरुको थुप्रै खानी छ।

चुनौती पनि त स्विकार गर्नु पर्यो !

सन्तोषझैँ सक्षम युवाहरु देशमा बस्ने आँट गरुन ! आफ्नो दक्षता देशमै पस्तुत गर्न सकुन् ! राज्यले युवालाई प्रोत्साहन दिदै जाओस् !

बाकि त जीवन आफ्नै आफ्नै संघर्षको कथा हो।

कथा जुन नेपाली युवाको होस् कालान्तरमा त्यो सफलताको होस् !

(हाईकोट अधिकारीको जन्मथलो प्युठानको भूभाग हो। उहाँको माईलो दाजु समेत दाङ जिल्लामा माध्यमिक बिधालयको प्रध्यानाध्यापक हुनु हुन्छ।)