प्युठान सरोकार सम्वाददाता
जेष्ठ २९ , प्युठान नगरपालिका ,०८
बिज्ञान तथा गणीतिय बिषयको बुझाईलाई पनि अन्य बिषय सरह सरल बनाउने उदेश्यले लुम्बिनी प्रदेशको सहयोगमा सामाजिक बिकास डिभिजन कार्यालय प्युठानले जिल्लाका दुई फरक स्थानमा गरि करिव १०० जना बिज्ञान तथा गणीत बिषय पढाउने शिक्षकहरुलाई स्टेम शिक्षा कोडिंग डिकोडिङ्ग तयारी तालिम प्रदान गरेको छ।
प्युठान जिल्लाका ९ पालिका मध्ये पहिलो चरणमा, स्वर्गद्वारी , सरुमारानी , माण्डवी तथा ऐरावती गरि ४ पालिकाका ४२ शिक्षकलाई अमर क्याम्पस भिंग्रीमा बिज्ञान कार्यशाला सहित ३ दिन र दोर्सो चरणमा प्युठान नगरपालिका , झिमरुक गाउपालिका , गौमुखी गाऊपालिका, नौबहिनी गाउपालिका र मल्लरानी गाउपालिका गरि जम्मा ५ पालिकाका बिज्ञान विषयका २५ र गणित २५ शिक्षक गरि कुल ९२ शिक्षकलाई झिमरुक क्याम्पस बाग्दुलामा १ दिने स्टेम तालिम प्रदान गरिएको हो।

डिभिजन कार्यालयका प्रमुख बिष्णु प्रसाद भुसाल भन्नु हुन्छ स्टेम शिक्षा (STEM =Science ,Technology, Engineering and Mathematics ) सुदृढ़ीकरण कार्यक्रमको मुख्य उदेश्य बिद्यार्थी जनमानसमा बिज्ञान तथा गणित बिषय प्रति थप चासो बढाई उनीहरुलाई यी बिषयहरुमा राम्रो नतिजा ल्याई उत्रिण हुन सहयोग पुर्याउनु हो। जुन विधिमा बिद्यार्थी हरुको बिज्ञान गणित बिषय प्रतिको चाख बढाई बिज्ञान प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादन गराउनु पनि हो।
उद्घाटन सत्र कार्यक्रममा बोल्नु हुदै प्युठान नगरपालिकाका मेयर बिष्णु योगीले स्टेम शिक्षाले विद्याथी बर्गलाई नयाँ ढंगको अध्ययन अनुभूति हुने र कोडिंग डिकोडिङ्ग टेक्निस, विद्यार्थीको सिकाईलाई सहजीकरण गर्नको निमित्त उपयोगी रहने बताउनु भएको छ। त्यस्तै कार्यक्रमका बिशेष अतिथि तथा झिमरुक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गेहराज शर्माले सम्पूर्ण शिक्षक सहभागीहरुलाई शिक्षण बिधिका बारेमा र क्याम्पस प्रमुख नागेश चन्द्र सुबेदीले शिक्षा नैतिक आचरण र व्यवहारिक हुनु पर्नेमा जोड दिनु भएको थियो।
कार्यक्रमलाई शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख शिव राज पण्डितले सम्बोधन गर्नु भएको थियो। कार्यक्रम बिज्ञान बिषयका शिक्षकहरुलाई राखी १ र गणित विषयका सबै शिक्षकहरुलाई राखी २ भिन्न सत्रमा समापन गरिएको हो।
सामाजिक बिकास कार्यालयले बनाएको यो कार्यक्रमबाट आफुले रमाईलो वातावरणमा नयाँ कुरा सिकेको गणित विषयका शिक्षक महेन्द्र पण्डितले प्युठान सरोकारलाइ बताउनु भयो। त्यस्तै यी र यस्तै खाले शिक्षक क्षमता बिकासका कार्यक्रमको निरन्तरता हुनु पर्ने राय बाल विधा मा वि मजुवाका शिक्षक केशव गिरि तथा क्षेत्र बिकास मा बि का प्र अ पिताम्वर खड्का बताउनु हुन्छ।
तालिमलाई सहजीकरण प्रशिक्षक बिशाल पोख्रेल ( बिज्ञान बिषय ) र बुद्दि सागर पौडेलले ( गणित बिषय ) गर्नु भएको थियो। कार्यक्रम बिहान ११ बजे देखि साझ ५:३० सम्म चलेको थियो।
यहि कार्यक्रम असार पहिलो हफ्ता रोल्पामा पनि आयोजना गरिने जानकारी डिभिजन कार्यालयका सुचना अधिकृत हुतराज भट्टराईले बताउनु भएको छ। सामाजिक बिकास डिभिजन कार्यालय प्युठानले सिंगो रोल्पा जिल्ला समेत हेर्ने गर्दछ। पछिल्लो समय डिभिजन कार्यालयका स्कुल पूर्वाधार बिकासका कार्यक्रम मार्फत दुवै जिल्लाका सयौ स्कुलहरु प्रत्यक्ष लाभान्वित हुदै आईरहेका छन्।
के हो कोडिङ्ग डिकोडिङ्ग स्टेम शिक्षा ?
बिद्यार्थीहरुलाई बिज्ञानका कुरा तथा गणितिय हिसाबका सुत्रहरु सम्झिनको लागी तयार पारिएको शैक्षिक सामग्री हो कोडिंग डिकोडिङ्ग यस विधिमा सम्झन गाह्रो हुने कुराहरुलाई कुनै गीत वा कुनै छोटो सुन्दा रमाईलो लाग्ने वाक्य बनाई पढ्ने बिषयबस्तु सम्झनको लागी अर्को छिटो र छरितो जुक्ति अपनाउने गरिन्छ।