जेष्ठ २२ , खलङ्गा प्युठान
प्युठान कारागारका कैदिबन्दिहरुको मानसिक स्वास्थ्यको ख्याल राख्दै उनिहरुका लागी सकारात्मक सोच बिकास कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा संचार मन्त्रालयको प्रदेश कार्यक्रम अन्तर्गत आज प्युठान कारागार भित्र बन्दि रहेका करिव ७० जना कैदीबन्दि हरुको लागी सकारात्मक सोच बिकास कार्यक्रम प्रदान गरिएको हो।
जिल्लामा कैदिबन्दिहरुको लागी यो कार्यक्रम लिई लुम्बिनी प्रदेश प्रशासन शाखा तथा प्रहरी प्रशासन तथा कारागार व्यवस्थापन शाखा अधिकृतहरु सहितको टोलि प्युठान खलंगामा आईपुगेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल तथा अन्य उच्च पदस्त पदाधिकारीहरुको समेत सहभागिता रह्यो। कार्यक्रममा प्युठान बिकास सरोकार केन्द्रका प्रशिक्षक गेहराज शर्मा डा. ओम हरि भट्टराई , मिडियाकर्मि यादव कुमार पण्डित आदिले ध्यान, योगा, तथा उत्प्रेरणा का विविध कार्यक्रम पस्तुत गरि मनोरंजन प्रदान गर्नु भएको थियो।
कारागार भित्र सकारात्मक सोच सम्बन्धि कार्यक्रम जोडिदिएकोमा सहभागीहरुले आयोजक टोलीलाई धन्यवाद ज्ञापन दिदै यस्ता खाले थप रचनात्मक कार्यक्रमको निरन्तरता दिनुहुन समेत आग्रह गरेका छन्। प्रदेशले पनि यी र यस्तै खाले कार्यक्रम निरन्तरता दिने प्रशासन शाखा अधिकृत देबिराम पाठकले प्युठान सरोकारलाई बताउनु भएको छ।


ट्राफिक सचेतना कार्यक्रम पनि आजै
लुम्बिनी प्रदेश टोलि संगैको टिममा आउनु भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी बरिस्ट नायव उपरीक्षक हुमानंद खनाल द्वारा जिल्लाका सरकारी ,गैरसरकारी कार्यालयका सवारी चालक ,निजि तथा सार्वजनिक यातायात समितिका चालकहरु लाई राखी ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम पस्तुत गरिएको छ। जिल्ला ट्राफिक कार्यालय प्युठान संगको समन्वयमा करिव ३ घण्टा चलेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा ट्राफिक नियम,ट्राफिक चिन्नहरुका साथै नियम उलंघन गरेमा हुने दण्ड सजायको बारेमा सहभागीहरुलाई बुझाईएको थियो।
कार्यक्रममा करिव २०० जनाको उपस्थिति रहेको थियो।
