कार्तिक २४
विजुवार, प्युठान
प्युठान नगरपालिकामा कार्यालयको कामकाज सुरु गर्नु अघि राष्ट्रिय गान बज्ने भएको छ ।
कर्मचारीको सामूहिक आवाजमा गुन्जिने यो धुनले कर्तव्यप्रति समर्पण, सेवा संस्कृतिको अनुशासन र सकारात्मक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने नगर उप प्रमुख देवेन्द्र बर्मा बताउनु हुन्छ।
पालिका परिसरमा राष्ट्रिय गान हरेक दिन बिहान ठिक १० बजे सुरु हुने बताईएको छ।

