चैत्र ३, सरुमारानी -माण्डवी ,प्युठान
मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको कारण नेपालमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि भैरहेको अहिलेको अवस्थामा जनताको लागि ऊर्जा तथा वातावरण विकास संस्था (PEEDA) ले विधुतीय चुलोको प्रयोग गर्न सुल्झाएको छ।

विद्युतीय चुलोमा खाना पकाउँदा मासिक करिब ३५% देखि ६५% सम्म खर्च घटाउन सकिने संस्थाको निष्कर्ष रहेको छ।
आफ्नो सामाजिक संजाल फेसबुक मार्फत PEEDA ले विधुतीय चुलो कसरी किफायती र वातावरण मैत्री रहॆको छ त्यसको बारेमा विस्तृत रुपमा जानकारी गराएको छ।

फेसबुक मार्फत जनताको लागि ऊर्जा तथा वातावरण विकास संस्था PEEDA को संदेश
आजको दिन, बिजुलीबाट खाना पकाउन सुरुवात गर्ने उपयुक्त दिन हो । जति धेरै भान्सामा विजुलीको प्रयोग, त्यती धेरै पैसाको बचत ।
के तपाई पनि एल पी जी ग्याँस सिलिण्डर भर्नकालागी चिन्तीत हुनुहुन्छ ? यो समस्याबाट प्रभावित तपाई मात्र एक जना हुनुहुन्न । एल पी जी ग्याँसको आपूर्तिमा अवरोध, मूल्यमा हुने उतारचढाव तथा अन्तर्राष्ट्रिय व्यापार जस्ता तत्वले हाम्रो दैनिक जीवनमा अनिश्चितता सिर्जना गरिरहेको छ ।
यस सन्दर्भमा, विद्युत बाट खाना पकाउने प्रविधि केवल नयाँ विकल्प मात्र होइन, एक सजिलो, भरपर्दो र दिगो समाधान पनि हो । बिजुली प्रयोग गरी खाना पकाउँदा छिटो, सुरक्षित र धुवाँरहित हुन्छ, जसले भान्सालाई सफा र स्वच्छ बनाउँछ ।
विद्युतीय चुलोमा खाना पकाउँदा मासिक करिब ३५% देखि ६५% सम्म खर्च घटाउन सहयोग गर्दछ, साथै आयातित इन्धनमाथिको निर्भरता कम गर्दछ । यसै परिस्थितीलाई मध्यनजर गर्दै पीडा संस्थाले प्यूठान जिल्लाको सरुमारानी र माण्डवी गाउँपालिकासंगको सहकार्यमा ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हामीले दैनिक जीवनमा गर्ने सानो परिवर्तन जस्तै विद्युतीय चुलोमा खाना पकाउने अभ्यासले परिवारको आर्थिक भार कमि गनु साथै वातावरण संरक्षण र राष्ट्रिय ऊर्जा सुरक्षामा पनि महत्वपूर्ण योगदान पु¥याउँछ ।
अब समय आएको छ, आफ्नै स्रोतको सदुपयोग गरौं । सुरक्षित, किफायती र वातावरणमैत्री भान्सातर्फ अघि बढौं ।
विधुतीय चुलोको प्रयोग गर्न जनताको लागि ऊर्जा तथा वातावरण विकास संस्था People, Energy & Environment Development Association – PEEDA द्वारा जारि संदेश


