मन्त्री थापा द्वारा मच्छी -बाग्दुला ,दम्ती–बाहाने सडक निर्माणको स्थलगत अनुगमन

चैत्र ५ ,प्यूठान
लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले प्यूठान जिल्लामा सञ्चालित विभिन्न विकास आयोजनाहरूको अनुगमन गर्नुभएको छ।

मन्त्री थापाले प्युठान बाग्दुला–मच्छी सडक , दम्ती–बहाने -अधेरी सडक , दोभाई, कुटीचौर–किटघाट तथा मच्छी–पिडाल्ने पक्की पुलको निरीक्षण गर्दै सबै सरोकारवाला पक्षलाई समयमै काम सम्पन्न गर्ने कार्यमा समन्वय र सहयोग गर्नु हुन समेत आग्रह गर्नु भएको छ।

प्युठान बाग्दुला–मच्छी पक्कि सडक निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बहुबर्षीय योजनाको रुपमा कुल ३५ करोड र दम्ती– अधेरी सडकका लागि १२ करोड बजेट विनियोजन गरेकोमा हाल यि योजनाहरुको काम सुचारु भैरहेको छ ।मन्त्रि द्वारा बिहिवार अनुगमन गरिएका अन्य ३ वटा पक्कि पुलहरू (दोभाई, कुटीचौर–किटघाट तथा मच्छी–पिडाल्ने ) पनि लुम्बिनी प्रदेशकै योजना हुन्।