स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा मान्डवी गाउँपालिकामा ३ दिने क्लिनिकल मेन्टोरिङ तालिम सम्पन्न

चैत्र ७,प्यूठान— स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा मान्डवी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुको लागि ३ दिने क्लिनिकल मेन्टोरिङ तालिम सम्पन्न भएको छ।

तालिममा देविस्थान, मर्काबाङ्ग, उदयपुरकोट, तिराम र रम्दी स्वास्थ्य संस्थाका प्रमुखहरू, माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुर्व पोख्रेल , लगायतको सहभागिता रहेको थियो। लगातार ३ दिन सम्म चलेको उक्त तालिमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख, पब्लिक हेल्थ नर्स जानकी साउद तथा स्वास्थ्य कार्यालयका एमएनएच फोकल पर्सन कोशल राज बैद्यले गर्नुभएको थियो।

तालिममार्फत मान्डवी गाउँपालिकाभित्र रहेका चारवटै प्रसुती केन्द्रहरूबाट गुणस्तरीय मातृ तथा नवशिशु स्वास्थ्य सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ।

तालिम २०८२ साल चैत ६ गतेदेखि चैत ८ गतेसम्म सञ्चालन गरिएको थियो।