श्री क्षेत्र विकास माध्यमिक विधालय द्वारा एसईइ १५ औ ब्याजका विद्यार्थीहरूलाई बिदाई

चैत्र २ ,प्युठान

प्युठान नगरपालिका–७, पुन्यखोलामा अवस्थित श्री क्षेत्र विकास माध्यमिक विद्यालयले एसईइ १५औँ ब्याचका विद्यार्थीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ।

विद्यार्थीहरूलाई SEE सफलताको शुभकामना व्यक्त गर्दै “फेरि भेटौँला” कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पिताम्बर खड्काले जानकारी गराउनु भएको छ।

यस वर्षको एसईई परीक्षामा क्षेत्र विकास माध्यमिक विद्यालयबाट छात्रा -१७ र छात्र -१५ गरी जम्मा ३२ जना विद्यार्थी सहभागी हुँदैछन्।

विद्यालयले एसईई परीक्षामा राम्रो नतिजा ल्याउने लक्ष्यसहित अतिरिक्त कक्षाहरू समेत सञ्चालन गर्दै आईरहेको छ।

बिदाई समारोहमा विद्यालय व्यवस्थापन समिति तथा प्यूठान नगरपालिका वडा नं. ७ का अध्यक्ष नेत्र केसी, वडा सदस्य धुर्व थापा लगायत विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।