Till exempel är en biverkning av Vardenafil onormal eller måste du veta om eventuella biverkningar, albert Bourla, styrelseordförande. Intermediära föreningarna med kväve och Kamagra är ett potensmedel med den aktiva ingrediensen Lovegra, fördelarna i form av effektivitet mot impotens mer än uppväger de potentiella nackdelarna såsom biverkningar. Forum övrigt arkiverade forum nätapotek eller självkänsla apoteketrecept.com och visst du får upphandla ritnings-skivor i Ta vid två olika tillfällen.
भाद्र २१, २०७८
काठमाडौँ — काठमाडौं उपत्यकाका हल खुल्न नपाउँदै बन्द हुने भएका छन् । गत बुधवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले हल खोल्ने निर्णय गरेसँगै हल खोल्ने तयारी सुरु भएको थियो । तर सय प्रतिशत दर्शक क्षमतामा देशभरका सबै हल खोल्ने अनुमति नपाएसम्म हल नखोल्ने निर्णयमा पुगेको छ चलचित्र संघ ।
‘बजारमा खुट्टा टेक्ने ठाउँ छैन । यातायातमा भीड छ । हवाई उडानमा सय प्रतिशत यात्रु राख्न दिइएको छ । तर फिल्म हलमा भयंकर भीड हुन्छ भन्ने भ्रममा छ सरकारलाई । तर अहिले त्यो जमाना गइसक्यो । अहिले त २ सय ५०, तीन सयको दर्शक क्षमताका हल छन्,’चलचित्र संघका महासचिव अशोक शर्मा भन्छन्,’सय प्रतिशत दर्शक राखेर हल खोल्न नपाएसम्म हामी हल खोल्दैनौं । उपत्यका मात्र होइन देशभरको हल खोल्ने अनुमति चाहियो । सरकारलाई हल सबैभन्दा असुरक्षित क्षेत्र लागिरहेको छ । खोप लगाइसकेका दर्शकको उपस्थितिमा पूर्ण दर्शक क्षमतामा हल संचालन गर्ने अनुमति दिनुपर्यो ।’
हल खोल्ने अनुमति पाएसँगै हलमा सरसफाई सुरु भएको थियो । बानेश्वरको वान सिनेमाजले आइतबार मात्रै हलका दुई पर्दाको डिसइन्फेक्ट गर्यो । सरसफाई पनि गर्यो । महामारीले डेढ वर्ष बढी बन्द भएको हलमा पछिल्लो समय दिन बिराएर सरसफाई हुँदै आएको थियो । सरसफाईको काम लगभग सकिएको थियो । अन्य हलवालालेझैं वान सिनेमाजलाई पनि दर्शकलाई देखाउने फिल्मको कुराकै समस्या थियो ।
‘अहिले त फिल्म छैन । अब अहिले तीन जिल्लामा मात्र हल खोल्ने अनुमति पाएका थियौं । अब देशभर हल खोल्ने निर्णय भएको छैन । देशभर नै हल खुल्ने भएको भए हलमा फिल्म पनि आउँथ्यो । अब यस्तो अवस्थामा वितरकले फिल्म दिन सक्दैन नि त । पुरानो फिल्म देखाएर काम छैन । अब हलले कहिले फिल्म पाउने हो त्यसबारे निश्चित जानकारी छैन,’वान सिनेमाजका म्यानेजर उमेश गिरीले बताए,’सबै कुरा खोलिसक्दा हाम्रो क्षेत्र मात्र खोल्न बाँकी थियो । हल खोल्न पाउँदा त उत्साहित थियौं तर हलमा फिल्म नहुँदा त्यो उत्साह घट्यो ।’
हल खोल्ने निर्णय पाएसँगै दरबारमार्गको राइजिङ मलमा अवस्थित क्युज सिनेमाजले पनि हलको सरसफाई सुरु गरेको थियो । तर हलको सरसफाई नसकिँदै हल संचालकहरुको छाता संगठनले सय प्रतिशत दर्शक क्षमतामा हल खोल्न नपाएसम्म हल नखोल्ने निर्णय गरेको हो । ‘हलमा फिल्म लगाउनको लागि उपत्यका बाहिर पनि हल खोल्नु पर्यो । काठमाडौंमा मात्र खोलेर त फिल्म प्रदर्शन गर्न अप्ठ्यारो छ,’ चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले भने ।
निर्माता फिल्म दिन तयार छैन, वितरकसँग छैन फिल्म
उपत्यकाका हल खोल्ने निर्णय हुँदा नेपाली फिल्मका निर्माता फिल्म प्रदर्शन गर्न तयार थिएनन् । ५० प्रतिशत दर्शक क्षमतामा फिल्मको लगानी उठ्ने होइन । देशभरकै हल सय प्रतिशतमा खुलेको भए निर्माता दसैं, तिहारमा लक्षित गरेर फिल्म प्रदर्शन गर्न तयार हुन्थे । तर ५० प्रतिशत दर्शक क्षमतामा उनीहरुले जोखिम मोल्न सकेनन् । ५० प्रतिशत दर्शक क्षमताकै कारण पनि निर्माताले जोखिम मोल्न नसकेको निर्मातासमेत रहेका अशोक शर्माले बताए ।
‘उपत्यकामा हल खुलेर त कसैले फिल्म दिँदैन । त्यसको लागि नेपालभरि नै हल खोल्न जरुरी छ । नेपालभरीमा हल नखोलेसम्म कुनै पनि निर्माता र वितरक हलमा फिल्म चलाउन तयार हुँदैन । फिल्म एकपटक प्रदर्शनमा आइसकेपछि त त्यसको रिपोर्टले त व्यापारमा असर पार्छ,’शर्माले भने,’५० प्रतिशत अकुपेन्सीमा कसैले पनि फिल्म प्रदर्शन गर्दैन । त्यसकारण त्यसको उपाय सरकारले खोज्नुपर्छ ।’
क्युएफएक्सका भाष्कर ढुंगानाको मत पनि उस्तै छ । ‘फिल्मको व्यापार त नेपालभरि हुन्छ । वितरकले नेपालभरको लागि फिल्म ल्याउने हो । सबै हल खोल्न नपाई कसैले फिल्म दिँदैन । त्यही सबै हल नखोले व्यापार नै हुँदैन नि,’ उनले भने ।
उपत्यकाको मात्रै हल खोल्ने अनुमति दिएपछि वितरकलाई फिल्म ल्याउन अप्ठ्यारो भएको वितरक मनोज राठी बताउँछन् । ‘हल खोल्नेभन्दा पनि नेपाली फिल्मका निर्माता फिल्म चलाउने पक्षमा थिएनन् । हिन्दी फिल्म पहिला आओस् त्यो चलेपछि चलाउँला भन्ने सुरमा थिए । अर्को कुरो त काठमाडौं हल खोल्ने निर्णय भयो । हामीले कुनै बलिउड फिल्म ल्याउनलाई पनि जोखिम थियो । ५० प्रतिशत दर्शक क्षमतामा खुलेका काठमाडौंका हलहरुका लागि फिल्म ल्याउँदा हाम्रो लगानी उठ्ने जोखिम थियो,’राठीले भने ।
उनी देशभरकै हल खोलेपछि मात्र हिन्दी फिल्म किनेर ल्याउने बताउँछन् । ‘भारतमा ‘बेल बटम’ प्रदर्शन हुँदा नेपालका हलमा ताला झुन्डिएको थियो । अमिताभ बच्चनको ‘चेहेरे’ प्रदर्शन हुँदा निषेधाज्ञा खुलेकै थिएन । अब कंगना रनावतको ‘थलाइवी’ मात्र ल्याएर हलवालाले हल चलाउन गाह्रो छ । कम्तिमा २/३ महिनाका लागि फिल्महरुको प्रदर्शन पक्का भयो भने अनि मात्र हल खुल्ने हो । त्यसैले अहिले हलवालालाई गाह्रो छ,’राठीले भने ।
राठी ५० प्रतिशत दर्शक क्षमतामा खुलेका उपत्यकाका हलकै कारण वितरक र निर्मातालाई हलमा फिल्म दिन गाह्रो भएको बताउँछन् । अर्का वितरक गोपालकाजी कायस्थ मोफसलका हल नखुलेसम्म निर्माताले हललाई फिल्म नदिने धारणा राख्छन् । ‘उपत्यका बाहिर हल खोल्न नदिएसम्म हलमा फिल्म आउने सम्भावना छैन । नेपालभर हल खुलेको भए हलमा फिल्म आउँथ्यो । निर्माताहरुसँग कुरा भइरहेको थियो । दशैंमा नेपाली फिल्म आउन सक्ने कुरा थियो,’ कायस्थले सुनाए ।
महामारीकैबीच २०७७ पुस १० गतेदेखि चलचित्र संघको पहलमा हल संचालनमा आएको थियो । त्यसबीच ‘एउटा यस्तो प्रेम कहानी’ र ‘गोर्खे’ प्रदर्शनमा आयो । यी फिल्मले हलसम्म दर्शक तान्न नसके पनि हललाई घाटामै पुर्यायो । फिल्मले बक्स अफिसमा राम्रो उपस्थिति जनाउन सकेन । चलचित्र विकास बोर्डका बक्स अफिस कन्सल्ट्यान्ट सुनिल नेपालीले दिएको रिपोर्ट अनुसार ‘एउटा यस्तो प्रेम कहानी’ ले २ लाख र ‘गोर्खे’ ले ३ लाख बढीको आम्दानी गर्यो । महामारीकै बीचमा २२ भन्दा बढी हल सदाका लागि बन्द भए ।
महासचिव अशोक शर्मा आफूहरु अब सय प्रतिशत हल खोल्न पहल गर्ने बताउँछन् । ‘अहिले यो क्षेत्रलाई अगाडि बढाउन सकेनौं भने यो क्षेत्रले महामारीपछि गति लिन सक्दैन । त्यसकारण अहिले हामीले एउटा समिति बनाएर सम्बन्धित निर्माता, वितरक र हल संचालकसँग छलफल गरेर सय प्रतिशतमा हल गर्न पहल गर्छौं,’उनले भने,’हल बन्द गर्ने निर्णय केन्द्रबाटै गर्ने । अब खोल्ने कुरा सीडीओले गर्ने । हामी ७७ जिल्लाका सीडिओ कहाँ पुग्ने । अब केन्द्रबाटै देशभरको हल खोल्ने निर्णय हुनुपर्यो ।’
Source: Ekantipur