माघ ६ ,२०८२
खलङ्गा ,प्युठान
प्युठान सरोकार सम्वाददाता
फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेसबाट उमेदवारी पाउनु भएका प्रा.डा. गोबिन्द राज पोख्रेलको आज नेपाली कांग्रेस प्युठानले औपचारिक रुपमा मनोनयन दर्ता गराउने भएको छ।
निर्वाचन कार्यालयको तालिका अनुसार नेपाली कांग्रेसको उमेदवार मनोनयन दर्ता मंगलवार दिउसो १ बजे तय गरिएको छ।
पार्टी स्रोतका अनुसार मनोनयन दर्ता कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
सुचनाको स्रोत : नेपाली कांग्रेस जिल्ला कार्यसमिति ,प्युठान

