ब्याचलर डिग्री कहाँ पढ्ने ? कलेज रिडर्सको “चौथौ भर्चुअल शैक्षिक मेला “सुरु हुदै

काठमाडौं,पौष १९
बिद्यार्थी र शिक्षकहरुको माझ लोकप्रिय म्यागजिन कलेज रिडर्सले सोमबारदेखि नेपालमा चौथो ‘भर्चुअल एडुफेयर २०२२’को सुरु गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो भर्चुअल शैक्षिक मेलाको रुपमा चिनिएको ‘भर्चुअल एडुफेयर’को उद्घाटन सोमबार ,पौष १९ गते पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्टारले गर्ने तय भएको हो ।
१२ कक्षा उतिर्ण विद्यार्थीहरुलाई लक्षित गरि चलाउन लागिएको शैक्षिक मेला मार्फत बिद्यार्थी अभिभावक हरुको लागी कलेज र स्नातक तहका कोर्षहरु बुझ्नको लागि आफुले एक स्पस्ट ऐनाको रुपमा काम गर्न थालेको कलेज रिडर्स म्यागजिनका अध्यक्ष जितेन्द्र घिमिरे बताउनु हुन्छ।

१५ दिन सम्म भर्चुअल रुपमा सञ्चालन हुने उक्त कार्यक्रममको उद्घाटन सत्र भने भौतिक उपस्थितिमा नै गर्ने तय भएको छ । । कार्यक्रम काठमाडौंको अल्फा हाउसमा सोमबार बिहान साढे १० बजे सुरु हुनेछ । कलेज रिडर्स म्यागजिनको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको उद्घाटन समारोह अनलाई टेलिभिजन र भर्चुअल एडुफेयरको फेसबुक पेजबाट लाइभ हुने छ ।

१२ कक्षा उतिर्ण गरि स्नातक पढ्ने बिद्यार्थीहरुको लागि आवश्यक पर्ने सुचना तथा परामर्श दिइने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । ‘भर्चुअल एडुफेयर २०२२’मा उपत्यका भित्र र बाहिरका १०० भन्दा धेरै कलेजको बारेमा जानकारी दिईने छ । जसको प्रत्यक्ष फाइदा १२ कक्षा उतिर्ण विद्यार्थीहरुले लिन सक्ने छन् । कलेज रिर्डस म्यागजिनले ‘भर्चुअल एडुफेयर २०२२’मा ५ करोड बराबरको छात्राबृतिको समेत व्यवस्था गरेको छ ।

साथै कार्यक्रमको भर्चुअल टुर अन्तर्गत ३६० डिग्रीको क्यामेराले कलेजको सम्पुर्ण भागको फोटो समावेश गरिएको छ । जहाँबाट कलेजको शैक्षिक अवस्था,कक्षा कोठाका साथै सम्पुर्ण अवस्थाको बारेमा जानकारी लिन सकिने छ । जसले गर्दा विद्यार्थीहरुले घरमा नै बसि आफुले चाहेको जस्तो कलेज छनोट गर्न सक्ने छन् । ‘भर्चुअल एडुफेयर २०२२’मा कलेजको भर्चुअल भ्रमण, अनलाईन आवेदन भर्ने अन्तरक्रिया,विज्ञहरुसँगको छलफल जस्ता कार्यक्रमहरु समाबेश गरिएको छ ।

कार्यक्रम मार्फत सकारात्मक सन्देश फैलाउने र बृहत सहभागिताको अपेक्षा आयोजकले गरेको छ ।
Follow link

visit virtualedufair for Grade 12 passed students

https://bachelor.virtualedufairnepal.com/edufair