स्वास्थ्य कार्यक्रम द्वारा प्यूठान जिल्लाका करिव ८०० बिद्यार्थी लाभान्वित

शिक्षक बिद्यार्थीबर्गलाईनै शिक्षित समाजका हिस्सेदार मानी जिल्लाको  बिकासमा सरोकार राख्ने सामाजिक संस्था प्यूठान बिकास सरोकार केन्द्रले आफ्नो बिद्यालय कार्यक्रमको पहिलो चरणमा ४ मा बि र १ क्याम्पस गरि ५ स्थानमा बिद्यार्थी तथा शिक्षक बर्गलाई मानसिक स्वास्थ्य सम्बन्धि बिशेष परामर्श प्रदान गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा संचालित आत्महत्या रोकथामको लागी जनचेतनामुलक स्वास्थ्य शिक्षा कार्यक्रम अहिले जिल्लाको सन्दर्भमा अपरिहार्य कार्यक्रम थियो त्यसैले यो अभियान अघि सारियो सरोकार केन्द्रका अध्क्षय प्रनिर अधिकारी भन्नु हुन्छ , हामीले बिद्यार्थीको मानसिक संगै शारीरिक बिकासमा पनि जोड दिएका छौ ,छिट्टै बिद्यार्थीका अन्य अभिरुचीका कार्यक्रमहरु पनि समुदाय र बिद्यालयहरुमा पुर्याउनेछौ ।

करिव १ दशक लामो समय देखि जिल्लामा मनोबिमर्शकर्ताको रुपमा काम गर्दै आईरहनु भएकी मनोबिमर्शकर्ता शान्ती पण्डित पछिल्लो समय जिल्लामा आत्महत्याको संख्या कम हुन थालेता पनि बढ्दै गईरहेको बेरोजगारी , अनिश्चित भविस्य तथा किशोर किशोरीमा हुने अपरिपक्कताले आत्महत्याको भयावह स्थिति सिर्जना हुन नदिन प्रत्येक पालिका स्तरमा मनोपरामर्श विद् नियुक्त गरि सेवा दिनुपर्ने आवस्यकता औल्याउनु हुन्छ।
कौशल राज बैद्यको संयोजकत्वमा स्वास्थ्य कार्यालय प्यूठानले यस अभियानलाई सम्पन्न गराउन हरेक कार्यक्रम हुने स्कुलहरुमा स्वास्थ्य चौकी का प्रतिनिधि खटाई स्कुल नजिक रहेका स्वास्थ्य चौकीले किशोर किशोरी हरुलाई प्रदान गर्दै आईरहेको स्वास्थ्य सेवा सम्बन्धि जानकारी प्रदान गरेको थियो।
कार्यक्रमलाई सम्पन्न गराउन सरोकार केन्द्र बाट खटिनुभएका श्री माधव के सी , बिकास पोख्रेल , अशोक पण्डित , सुगम रिजाल, जया पोख्रेल आदिले आफ्नो विज्ञता बमोजिम सघाउनु भएको थियो ।कार्यक्रम बाल बिद्या मा बि प्यूठान मरन्ठाना , झिमरुक क्याम्पस , प्युठान क्याम्पस ,क्षेत्र बिकास माबि पुन्यखोला , कालिका आवासिय मा बि ,मुक्ति माध्यमिक बिद्यालय रातामाटा आदिमा सम्पन्न गरिएको हो। प्युठान केन्द्रित आत्महत्या रोकथाम सम्बन्धि यो स्कुल तथा क्याम्पस कार्यक्रमको गुरुयोजना पढ़नेकुरा संचार नेटवर्कले गरेको हो। प्यूठान जिल्ला पछि दाङ्ग र रोल्पा जिल्लामा पनि बिद्यार्थी बर्गका क्षमता अभिब्रिदीका थप कार्यक्रमहरु पुर्याईने पढ़नेकुरा संचार नेटवर्कका व्यवस्थापक यादव कुमार पण्डित बताउनु हुन्छ।
स्वास्थ्य कार्यालय र प्यूठान बिकास सरोकार केन्द्रको यो कार्यक्रम मङ्सिर १५ गते देखि सुरु भै पौष ६ गते सम्म चलेको हो।