टिकुरी , प्युठान
यात्रुहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै प्युठान जिल्लाका यातायात समितिहरुले विभिन्न एप मार्फत अनलाईन टिकट बुकिङ सन्चालनमा ल्याएका छन् ।
गत जेष्ठ १८ गते लुम्विनी प्रदेश का पुर्व मुख्यमन्त्री डिल्ली वहादुर चौधरी ज्यू बाट स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि. आफ्नो टिकट बुकिङ एप सार्वजनिक गर्यो।

त्यस्तै, नमस्ते प्युठान यातायात प्रा. लि ले पनि आफ्नो टिकट बुकिङ सुबिधा bussewa.com, esewa, khalti apps बाट चलाईरहेको छ।

Anroid मोबाइल प्रयोगकर्ताले Sworgadwari Yatayat को एप Playstore बाट सजिलै डाउनलोड गर्न सक्नेछन् ।
समितिहरुले फोनको आधारमा पनि टिकट बुक गराईदिने गर्दै आईरहेका छन् । हाल प्युठान देखि – काठमाडौ, महेन्द्रनगर ,बुटवल ,कृष्णनगर, नेपालगन्ज दाङ, भैरहवा ,गठवा घोराही तुल्सीपुर र नेपाल बाहिर दिल्ली , पन्जाव, राजस्थान आदि ठाउँ हरुमा यातायात सुबिधा सन्चालनमा छन् ।
त्यसोत: डिजिटल एपहरुको सिस्टम प्रयोगमा ल्याए पनि यसको प्रचार गर्नु, यात्रु महानुभावहरुलाई डिजिटल साक्षरता गराउनु र सिस्टमको प्रवाहलाई पनि उत्तिकै निगरानीमा राख्नु समितिहरुको थप जिम्मेवारी देखिन्छ।
« Previous News |