अत्यावश्यक कामबाहेक विदेश भम्रणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ओमिक्रोन भेरियन्ट बढी संक्रामक र सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने देखिएको बताए। उनले संक्रमण रोक्नका लागि सबै नागरिकले जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह पनि गरेका छन्।